शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

करणको ‘चङ्गा’ मा दयाहाङ

सोमबार, २३ माघ २०७९, १५ : १८
सोमबार, २३ माघ २०७९

काठमाडौंँ । फिल्म अभिनयमा निकै ब्यस्त अभिनेता दयाहाङ राई बेला बेलामा म्युजिक भिडियोमा समेत देखिने गर्दछन् । फुर्सदको समय सदुपयोग भन्दै उनी फिल्मबाट बचेको समय म्युजिक भिडियोलाई दिने गर्छन् । यस्तैमा अभिनेता दयाहाङ अभिनित गीत ‘चङ्गा’ सार्वजनिक भएको छ । भिडियोमा दयाहाङसँगै अशिम सुब्बा र संगीता थापा लगायतको अभिनय छ ।

द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करण राईको स्वर रहेको गीतमा ‘चङ्गा’ मा प्रकाश आङ्देम्बेको शब्द र देबेश राईको संगीत छ । गीतको भिडियो अनिल सुब्बाले निर्देशन गरेका हुन् । भिडियोमा गायक करण पनि देखिएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप