कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुन्छौं : उपाध्यक्ष पाण्डे
सोमबार, २३ माघ २०७९, २३ : ०१
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुने बताएका छन् ।
अहिलेको सरकारमा एमालेसहित विभिन्न विचार र दृष्टिकोण बोक्ने पार्टी भएकाले यस्तै अवस्थामा सहभागी नहुने पाण्डेले बताए ।
‘हाम्रो नीति तत्काल सरकारमा सहभागी हुने भन्ने छैन । सरकारमा जान प्रधानमन्त्री ज्यूले प्रस्ताव गर्नुप¥यो त्यसपछि बैठकबाट निर्णय गर्नुपर्ने प¥यो । त्यसै सरकारमा जाने भन्ने हुँदैन’ रातोपाटीसँग कुरा गर्दै पाण्डेले भने, ‘अहिले एमालेसहित अरु पार्टी सरकार हुँदा हामी जाँदैनौं ।’
उनले एमाले बाहेक पुरानै गठबन्धन ब्यूताउन गृह कार्य भइरहेको पनि बताए ।
त्यसका लागि दलहरुले समेत भूमिगत रुपमा संवाद जारी राखेको उनले बताए । रास्वपा सरकारबाट बाहिर निस्किएपछि भूमिगत संवादले तीव्रता लिएको नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण