कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुन्छौं : उपाध्यक्ष पाण्डे
सोमबार, २३ माघ २०७९, २३ : ०१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुने बताएका छन् ।
अहिलेको सरकारमा एमालेसहित विभिन्न विचार र दृष्टिकोण बोक्ने पार्टी भएकाले यस्तै अवस्थामा सहभागी नहुने पाण्डेले बताए ।
‘हाम्रो नीति तत्काल सरकारमा सहभागी हुने भन्ने छैन । सरकारमा जान प्रधानमन्त्री ज्यूले प्रस्ताव गर्नुप¥यो त्यसपछि बैठकबाट निर्णय गर्नुपर्ने प¥यो । त्यसै सरकारमा जाने भन्ने हुँदैन’ रातोपाटीसँग कुरा गर्दै पाण्डेले भने, ‘अहिले एमालेसहित अरु पार्टी सरकार हुँदा हामी जाँदैनौं ।’
उनले एमाले बाहेक पुरानै गठबन्धन ब्यूताउन गृह कार्य भइरहेको पनि बताए ।
त्यसका लागि दलहरुले समेत भूमिगत रुपमा संवाद जारी राखेको उनले बताए । रास्वपा सरकारबाट बाहिर निस्किएपछि भूमिगत संवादले तीव्रता लिएको नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने
-
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र