कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु
मङ्गलबार, २४ माघ २०७९, ११ : ३७

धनुषा । धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार मध्य राति कुकुरलाई बचाउने क्रममा ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा साह गम्भीर घाइते भएका थिए । तर, उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
घाइते भएपछि उनलाई उपचारका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, मा उपचारको क्रममा मंगलबार बिहान पौने ४ बजे उनको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
-
नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा, विश्वकप लिग-२ सिरिजमा भिड्दै
-
किशोरीमाथि जबरजस्ती करणी गर्ने पक्राउ
-
दक्षिणी गाजा सहरमा रातभर हवाई आक्रमण, ५४ जनाको मृत्यु