बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चालिसे नियुक्त

मङ्गलबार, २४ माघ २०७९, १२ : ३४
मङ्गलबार, २४ माघ २०७९

मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

लुम्बिनी प्रदेशको बर्दियाका चालिसे जनसङ्ख्या र बुढ्यौलीविद् हुन् । हाल उनी ललितपुर बस्दै आएका छन् । उनी त्रिभुवन विश्व विद्यालयमा जनसङ्ख्या विषय अध्यापन समेत गराउँछन् । अध्ययन र अनुसन्धानमा क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमका विज्ञ सदस्य समेत हुन् ।

नेपाल जनसङ्ख्या सङ्घको उपाध्यक्ष रहेका उनले जापानको टोकियो विश्व विद्यालयबाट विद्यावारिधि गरेका हुन् भने अमेरिकाबाट रिसर्च पूरा गरेका हुन् ।

अमृत साइन्स क्याम्पसबाट बि एसी सम्मको अध्ययन गरेका उनले स्नातकोत्तर त्रिभुवन विश्व विद्यालयबाट गरेका हुन् । उनी सो ब्याचका गोल्ड मेडलिस्ट समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप