बागमती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चालिसे नियुक्त
मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
लुम्बिनी प्रदेशको बर्दियाका चालिसे जनसङ्ख्या र बुढ्यौलीविद् हुन् । हाल उनी ललितपुर बस्दै आएका छन् । उनी त्रिभुवन विश्व विद्यालयमा जनसङ्ख्या विषय अध्यापन समेत गराउँछन् । अध्ययन र अनुसन्धानमा क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमका विज्ञ सदस्य समेत हुन् ।
नेपाल जनसङ्ख्या सङ्घको उपाध्यक्ष रहेका उनले जापानको टोकियो विश्व विद्यालयबाट विद्यावारिधि गरेका हुन् भने अमेरिकाबाट रिसर्च पूरा गरेका हुन् ।
अमृत साइन्स क्याम्पसबाट बि एसी सम्मको अध्ययन गरेका उनले स्नातकोत्तर त्रिभुवन विश्व विद्यालयबाट गरेका हुन् । उनी सो ब्याचका गोल्ड मेडलिस्ट समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण