सन २०३० को विश्वकप आयोजनामा दक्षिण अमेरिकी राष्ट्र समूहको दाबी पेस
काठमाडौँ । सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधबार औपचारिक रूपमा दाबी पेस गरेका छन् ।
विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् र तिनीहरू मंगलबार नै पहिलो औपचारिक बैठक पनि गरेका छन् । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस संयुक्त आयोजनाको दाबीमा बोलिभिया पनि सम्मिलित हुने बताएका छन् ।
फिफासँग दाबी गरिए अनुसार प्रतियोगिताको उद्घाटन खेल अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुनेछ भने फाइनल उरुग्वेको मोन्टेभिडिओमा हुनेछ ।
सन् २०३० को विश्वकपका लागि यसअघि नै स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबी गरिसकेको छन् भने यस्तै साउदी अरेबिया, इजिप्ट र ग्रिसले पनि संयुक्त दाबी गर्ने प्रक्रियामा छन् ।
फिफाले अव दाबी गरिएका युरोपियन राष्ट्र, अरबी राष्ट्र वा दक्षिण अमेरिकी राष्ट्रलाई विश्वकप सञ्चालन गर्न दिन्छ कि दक्षिण अमेरिकी राष्ट्रलाई त्यो भने हेर्न अझ बाँकी रहेको छ । फिफाले सन् २०३० को विश्वकप आयोजना गर्ने स्थानको निर्णय सन २०२४ मा गरिसक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण