पर्यटक आकर्षित गर्न भ्यूटावर

विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ ।
शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गर्नुभएको श्रीजय ड्रिमल्याण्ड उद्यानमा रु एक करोडको लगानीमा भ्यूटावर बनाउनुभएको हो । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउछन् ।
चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गरेका शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय उद्यान निर्माणमा जुटेका छन् । सो उद्यानमा लिची, आँप, अम्बालगायत फलफूलका बोट हुर्किएका छन् । घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् ।
ढुङ्गानाले विगत छ वर्षेदेखि उद्यान निर्माण थाल्नुभएको हो । “पैसा कमाउने उद्देश्यले होइन, समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले उद्यान बनाएको हुँ”, उनले भने । उनले उद्यानभित्र निर्माण गर्नुभएको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ । यहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी छ ।
उद्यानमा आन्तरिक पर्यटक आउन थालिसकेका छन् । उद्यानमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने व्यवस्था गरिएको छ । रु तीन करोडको लागतमा उद्यान निर्माण गरिएको हो । उद्यानमा स्विमिङ पुल, रिसोर्ट, फुटसल खेल्ने व्यवस्था गर्न लागिएको छ । “उद्यानमा प्रत्येक वर्ष ‘लिची महोत्सव’ गरिँदै आएको छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक
-
क्रिकेट रंगशाला निर्माणका क्रममा उठेको आर्थिक पारदर्शिताको सवाल
-
दुर्गेश र ‘ह्यान्सी ब्रो’ ले गरे प्रहरीमा मिलापत्र
-
उल्टो पैदलयात्रा गर्दै ६४ दिनमा मेचीबाट दाङ पुगे चौधरी दम्पती
-
दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा
-
तेश्रो स्पर्श म्युजिक अवार्ड : उत्कृष्ट पाँच सार्वजनिक