प्रदेश सरकार
मुख्यमन्त्री बन्ने होडबाजी नगरौँ : मुख्यमन्त्री रावल
विहीबार, २६ माघ २०७९, १७ : ०९

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मुख्यमन्त्री बन्ने होडबाजी नगर्न आग्रह गरेका छन् ।
विश्वासको मतको प्रस्ताव पेस गर्न प्रदेश सभा बैठकको रोस्टममा पुगेका उनले को मुख्यमन्त्री बन्ने होडबाजीभन्दा विकासको ढोका खोल्नुपर्ने आवश्यकता रहेको बताए।
अहिले पनि सहमति गरेर जानुपर्ने अवस्था रहेको उनले बताए । मुख्यमन्त्री रावलले सुदूरपश्चिमको विकासका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए ।
उनले रेमिट्यान्स भित्राउने कुरामा सुदूरपश्चिम पछाडि रहेको र सीमा सुरक्षा लगायतका विषयमा समस्या भएको बताए । ‘म सबैको सहयोगले मुख्यमन्त्रीको हैसियतमा पुगेको हुँ,’ उनले भने, ‘सुदूरपश्चिम अहिले पनि विकास र समृद्धिमा पछाडि छ। यसलाई अघि बढाउन अहिले पनि मिलेर जानुपर्ने बाध्यता छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा पक्राउ
-
केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको हत्या
-
बैंकर्सको चेतावनी : ‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’
-
कोरोना अपडेट : थप ४२ जनामा सङ्क्रमण
-
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
-
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र