समाचार
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने
विहीबार, २६ माघ २०७९, १७ : १३

काठमाडौँ । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित गरिएको हो ।
बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लामा ४ जना मृत फेला
-
मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेता बालुवाटारमा
-
आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
-
रास्वपाले तोक्यो चौधरीलाई बारा २ को निर्वाचन संयोजक
-
वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता
-
१७ करोडको कोकिन : जलनको उपचार खर्च पाउने लोभमा अफ्रिका यात्रा