शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा

बिहीबार, २६ माघ २०७९, २१ : १३
बिहीबार, २६ माघ २०७९

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो । 

बागमती प्रदेशको गत माघ २४ गते बसेको मन्त्रीपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

सोही अनुसार मन्त्रालयले बिहीबार सूचना जारी गरेको मन्त्रालयका प्रवक्ता एवम् उपसचिव अनुशील सापकोटाले जानकारी दिए ।

bbb

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप