बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा
बिहीबार, २६ माघ २०७९, २१ : १३
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
बागमती प्रदेशको गत माघ २४ गते बसेको मन्त्रीपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सोही अनुसार मन्त्रालयले बिहीबार सूचना जारी गरेको मन्त्रालयका प्रवक्ता एवम् उपसचिव अनुशील सापकोटाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण