डिजिटल अर्थव्यवस्थाको अभ्यासले फिजीलाई लाभ
फिजी । डिजिटल अर्थतन्त्रको उदयबाट फिजीलाई ठूलो फाइदा पुगेको फिजीका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
फिजीका उपप्रधानमन्त्री तथा सञ्चारमन्त्री मनोआ कामिकामिकाले डिजिटल अर्थव्यवस्थाको उदयले फिजीका लागि रोजगारीका अवसरहरू वृद्धि, वस्तु र सेवाहरूमा सुधारका साथै सहज पहुँच र देशको समग्र आर्थिक वृद्धिसहित लाभहरू ल्याएको बताए ।
“फिजीलाई ‘टर्बो चार्ज’ गर्न र यसको डिजिटल रूपान्तरण यात्रालाई निरन्तरता दिन लक्षित डिजिटल क्षमताहरूको आवश्यकता पर्दछ,” उनले भने । डिजिटल उपकरण र प्रविधिहरू विकसित आवश्यकताहरूसँग जोड्ने योजना, व्यवस्थापन र तीव्रता हुनु आवश्यक छ ।
“डिजिटल प्रविधिले व्यवसायहरूलाई नयाँ बजारहरूमा पुग्न र उपभोक्ताहरूलाई प्रतिस्पर्धी मूल्यहरूमा उत्पादनहरूको विस्तृत दायरामा पहुँच गर्न सम्भव बनाएको छ,” उनले भने ।
फिजीको सरकारले जनताको विश्वास सुधार गर्न डिजिटल सरकारमा लगानी गरेर पारदर्शिता र जबाफदेहिता बढाउने दिशामा पनि काम गरिरहेको उनले बताए । टापु राष्ट्रमा डिजिटल अर्थव्यवस्थाको विकास गर्नका लागि धेरै पहलहरू अब स्थापित भइसकेका छन् ।
इलेक्ट्रोनिक प्रोफाइलसहित फिजियनहरूले वर्तमान र भविष्यको नयाँपनले सरकारी ई–सेवाहरूमा पहुँच गर्न सक्दछन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण