शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीले पक्राउ गर्दैमा सांसदलाई निलम्बित नगरौँ : ज्ञानेन्द्रबहादुर शाही

शुक्रबार, २७ माघ २०७९, १२ : ४६
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । प्रहरीले पक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बताएका छन् । शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकिर समेत गरेका हुन् । 

प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परे भने उसको मतदान गर्ने अधिकार हनन हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने बताए । उनले भने, ‘जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउन पाइँदैन । यो गर्नै हुँदैन । यो पक्राउ गर्ने बित्तिकै, हिरासतमा राख्ने बित्तिकै यदि सबै अधिकार खोसिने हो भने यो त सांसद जनताबाट जीतको के महत्त्व भयो ?’

‘यो त सरकार पक्ष र बलियो पक्षले कुनै पनि बेला यसलाई हतियारको रूपमा प्रयोग गर्न सक्छ । त्यो भएको हुनाले यसमा मेरो के धारणा छ भने अदालतले फैसला गर्‍यो भने त्यो दोषी ठहर भयो सांसद पद निलम्बन हुने कुरा पनि ठिक छ,’ उनले भने, ‘तर पक्राउ गर्दैमा अहिले के छ त । एक जना सांसद बुटवल जाँदै गर्दा खेरी ल मानौँ समातिन सक्छ । के गरौँ । निलम्बन भयो भोटिङ गर्न पाइँदैन । भोलि अदालतमा गयो भने तिमी निर्दोष हौ भनेर फैसला गरिदिन सक्छ । तर यहाँ अधिकार त खोसियो नि ।’ प्रमुख सचेतक शाहीले अनुसन्धानका लागि पक्राउ गर्दैमा सांसद पद निलम्बनमा पर्ने कुरा संविधान विपरीत हुने तर्क समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप