शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिलाई भालु देखेर दया लाग्यो, बन्यो पहिलो टेडी बियर : महिलाले चर्चित बनाए

शुक्रबार, २७ माघ २०७९, १६ : ३३
शुक्रबार, २७ माघ २०७९

भ्यालेन्टाइन सप्ताह चलिरहेको छ र आज टेडी बियर डे हो । किशोरावस्थामा टेडी बियर उपहारमा पाइयो भने अनुहारमा खुसी स्पष्ट रूपमा झल्किन्छ । आफ्नालाई मनाउने कोसिस होस् वा मनमा लुकेको कुरा भन्न, टेडी बियरको उपहार लिन कसैले आनाकानी गर्दैन । 

आखिर, टेडी बियरमा यस्तो के छ, जसले यसलाई उपहारको रूपमा यति धेरै विशेष बनाएको छ । र यसको नाम टेडी बियर किन राखियो ? यो प्रश्नको जवाफ एक राष्ट्रपति र पोलियो ग्रस्त महिलाको कहानीमा लुकेको छ ।

teddyअमेरिकी राष्ट्रपतिको उपनाम थियो टेडी, भालुलाई देखेर मन पग्लिएपछि बन्यो टेडी बियर

यो लगभग १२१ वर्ष अघिको कुरा हो । तत्कालीन अमेरिकी राष्ट्रपति थिओडोर टेडी रुजवेल्ट मिसिसिपीका गभर्नर लङ्गिनोको निमन्त्रणामा भालुको सिकार गर्न गएका थिए । जब राष्ट्रपति मिसिसिपी पुगे, उनले एउटा पनि भालुको सिकार गर्न सकेनन् ।

त्यसपछि रुजवेल्टका सहायक होल्ट कोलियरले एउटा कालो भालुलाई रुखमा बाँधिदिए र रुजवेल्टलाई त्यसको सिकार गर्न भने तर भालुको निर्दोषता देखेर रुजवेल्टको भालु देखेर मन पग्लियो र उनले त्यसमाथि गोली हान्न सकेनन् । 

यो घटना अमेरिकी पत्रिकाको हेडलाइन बन्यो । घटनाको एक दिन पछि, क्लिफर्ड बेरिम्यान नामक राजनीतिक कार्टुनिस्टले यसलाई कार्टुनमा परिणत गरे ।

त्यसपछि देखि ‘टेडी बियर’ खेलौनाको दुनियाँमा प्रवेश भयो र आफ्नो निर्दोषताका कारण यो मायाको उपहार पनि बन्यो । 

एक पसले र उनकी श्रीमतीले बनाए पहिलो टेडी बियर 

अखबारमा छापिएका कार्टुनहरूबाट प्रेरित भएर, ब्रुकलिनका पसले मोरिस मिक्टोमले आफ्नी पत्नीसँग मिलेर घरमै भएका कपडा र अन्य विभिन्न चीजहरूबाट एउटा प्यारो, नरम र निर्दोष भालुको खेलौना बनाए । उनले यसलाई टेडी बियर नाम दिए र राष्ट्रपति रुजवेल्टलाई समर्पित गर्दै उपहार दिए । किनभने रुजवेल्टको उपनाम टेडी थियो ।

teddy bear

प्रेमीहरूमा टेडी बियरको चलन बढ्दै गयो 

अमेरिकी राष्ट्रपतिले पाएको यो अनौठो उपहारले जनताको मन र मस्तिष्कलाई छुन थाल्यो । सुरुमा टेडी बियर बच्चाको खेलौना बन्यो जुन चर्चित जन्मदिनको उपहार बन्यो । बिस्तारै–बिस्तारै यो खेलौना प्रेम जताउनका लागि दिन थालियो । 

यति नै बेला पसले मिटकोमले राष्ट्रपति रुजवेल्टबाट उनको उपनाम टेडी प्रयोग गर्न अनुमति लिए । यसपछि उनले एउटा कम्पनी खोले, जसले ठुलो मात्रामा टेडी बियर बनाउँथ्यो । आजको युगमा अमेरिका, युरोपमा मात्र नभई भारत, नेपालसहित विश्वभरिका युवाहरूमाझ टेडी बियर प्रेमको उपहार बनिसकेको छ ।

कथा रुजवेल्टको नामबाट प्रेरित भएर टेडी बियर बनेकोमा मात्रै समाप्त हुँदैन । यसलाई चर्चित बनाउन एक जर्मन महिलाको पनि भूमिका छ जसले एक हातले खेलौना बनाउँथिन् । 

teddy3पोलियोले ग्रस्त महिलाले टेडी बियरलाई विश्व भरी चर्चित बनाइन्

टेडी बियरलाई सुन्दर र आकर्षक बनाउने श्रेय मार्गरेट स्टिफ र उनको भतिजालाई जान्छ । १९ औँ शताब्दीमा दक्षिणी जर्मनीको एउटा सानो सहरमा जन्मिएकी मार्गरेट स्टिफ डेढ वर्षको हुँदा पोलियोको सिकार भइन् । जसका कारण उनको दुवै खुट्टा र दाहिने हातको विकास भएन ।

ह्वील चेयरमा बसेर उनले आफ्नो दैनिक कार्यहरू सिकिन् । यसै क्रममा उनले पहिलो पटक नरम खेलौनाको रूपमा हात्ती बनाइन् । क्रिसमस आएपछि थप खेलौना बनाएर बजारमा बेचे जुन बच्चालाई असाध्यै मनपर्यो । 

व्यवसाय बढ्न थालेपछि उनका भतिजाले टेडी बियरको यस्तो नमुना बनाएर जसमा काँचको आँखा, प्लास्टिकको नाक र रङ्गी विरङ्गी कपडाको प्रयोग गरियो । 

यो नमुनालाई लिपजिक टोय फेयरमा प्रदर्शन गरियो, जहाँ एक अमेरिकी क्रेताले ३ हजार टेडी बियरको अर्डर दिए, जुन आफैमा ठुलो कुरा थियो । केही वर्षमै स्टिफको टेडी बियर लाखौँको सङ्ख्यामा बिक्यो ।

teddy1टेडी बियर सजाएर राख्ने विश्व रेकर्ड अमेरिकी महिलाको नाममा, ३० वटा देशबाट किनिन् टेडी

६ वर्षअघि अमेरिकाको साउथ डकोटा निवासी ६८ वर्षीय ज्याकी माइलीले सबैभन्दा धेरै टेडी बियर सङ्कलन गरेर विश्व कीर्तिमान बनाइन् । उनीसँग ८,०२६ वटा टेडी बियर छन् ।

सन् २००० मा बिदामा जाँदा टेडी बियर जितेपछि उनीमा यसको रस बसेको थियो । उनको नाम राखियो ग्रान्डमा ज्याकी । त्यसपछि उनले विभिन्न स्थानमा घुमेर विभिन्न खालका बियर खरिद गर्न सुरु गरिन् । उनको सङ्कलनमा अमेरिकासहित ३० देशबाट किनिएका टेडी बियर छन् । यीमध्ये सबैभन्दा सानो तीन चौथाइ इन्चको र सबैभन्दा ठुलो आठ फिटको छ । 

टेडी बियरसँग विवाह गर्ने महिला पनि छिन्

तपाईँले अमेरिका र युरोपमा विवाहका अनौठा घटनाहरू पढ्नुभएको र सुनेको हुनुपर्छ । यो जनवरी २९ को कुरा हो, छिमेकी देश पाकिस्तानमा एक महिलाले टेडी बियरसँग बिहे गरिन् । ती महिला विगत १० वर्षदेखि त्यो टेडी बियरसँग बस्दै आएकी छिन् । त्यो रातो रङको टेडी बियरलाई कसैले केही भन्यो भने उनी रिसाउँथिन् । पाकिस्तानी मिडिया सोसल क्लिक र आईबीसी २४ का अनुसार महिलाका श्रीमानको १० वर्षअघि मृत्यु भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप