आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कालिकोटमा सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार

शनिबार, २८ माघ २०७९, ०९ : ३९
शनिबार, २८ माघ २०७९

कालिकोट । कालिकोटमा एक सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको छ । तिलागुफा नगरपालिका–७ की ३४ वर्षीय दन्दा विष्ट रावतलाई अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तस्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोट डा रत्नवीर सुनारले जानकारी दिए । 

बिस्टलाई तत्काल अप्रेसनपछि बच्चालाई आइसियुमा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप