शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘विशिष्टको सवारीमा डाक्टर कुटिनु निन्दनीय’ : उर्जाराज्यमन्त्री सिंह

शनिबार, २८ माघ २०७९, १२ : ०६
शनिबार, २८ माघ २०७९

काठमाडौँ । ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले विशिष्ट व्यक्तिको सवारीमा जनताले दुःख पाउने, डाक्टर कुटिनु निन्दनीय काम भएको बताएका छन् ।  राज्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत शनिवार आफ्नो भनाई सार्वजनिक गर्दै जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक सङ्कुचित गर्न नहुने बताएका हुन् । उनले शुक्रवार भएको राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीले वीर अस्पतालका डाक्टर कुटिएकोमा चासो व्यक्त गर्दै दोषीलाई कारबाहीको समेत माग गरेका छन् । 

उनले भनेका छन्– ‘जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक, यो या त्यो बहानामा सङ्कुचित हुन हुँदैन । विशिष्टको सुरक्षा प्रत्याभूत गर्ने गराउने क्रममा जनताले दुःख पाउनु व्यवस्थापकीय कमजोरी हो । प्रशासनले बिनाकारण त के, कारणनै भए पनि जनताको आत्मसम्मानमा ठेस पुर्‍याउने भौतिक कारबाही गर्नु हुँदैन । सुरक्षा निकायले सबै तह र तप्कामा यो संवेदनशीलता पुर्याउन जरुरी छ । डाक्टर साहब कुटिनु, निन्दनीय काम हो, दोषीलाई कारबाही र नसिहत दिँदै अब उपरान्त यस्तो घटना हुन नदिन सबै पक्षलाई अनुरोध गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप