‘विशिष्टको सवारीमा डाक्टर कुटिनु निन्दनीय’ : उर्जाराज्यमन्त्री सिंह
काठमाडौँ । ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले विशिष्ट व्यक्तिको सवारीमा जनताले दुःख पाउने, डाक्टर कुटिनु निन्दनीय काम भएको बताएका छन् । राज्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत शनिवार आफ्नो भनाई सार्वजनिक गर्दै जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक सङ्कुचित गर्न नहुने बताएका हुन् । उनले शुक्रवार भएको राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीले वीर अस्पतालका डाक्टर कुटिएकोमा चासो व्यक्त गर्दै दोषीलाई कारबाहीको समेत माग गरेका छन् ।
उनले भनेका छन्– ‘जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक, यो या त्यो बहानामा सङ्कुचित हुन हुँदैन । विशिष्टको सुरक्षा प्रत्याभूत गर्ने गराउने क्रममा जनताले दुःख पाउनु व्यवस्थापकीय कमजोरी हो । प्रशासनले बिनाकारण त के, कारणनै भए पनि जनताको आत्मसम्मानमा ठेस पुर्याउने भौतिक कारबाही गर्नु हुँदैन । सुरक्षा निकायले सबै तह र तप्कामा यो संवेदनशीलता पुर्याउन जरुरी छ । डाक्टर साहब कुटिनु, निन्दनीय काम हो, दोषीलाई कारबाही र नसिहत दिँदै अब उपरान्त यस्तो घटना हुन नदिन सबै पक्षलाई अनुरोध गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण