नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
काठमाडौँ। नेपाली रङ्गमञ्चमा अभूतपूर्व दर्शक सहभागिता हासिल गरिरहेको नाटक ‘सेतो धरती’ ले आफ्नो मञ्चन यात्राको ५१ औँ दिन पूरा गर्दै १०१ औँ शो गर्न लागेको छ।
दर्शकहरूको निरन्तर माग र उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै नाटकको मञ्चन अवधि श्रावण १६ गतेसम्म थप गरिएको कान्तिपुर थिएटरले जनाएको छ।
अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यासमा आधारित यस नाटकको पुनःमञ्चनपछि समेत तीन पटक शो थप गरिसकिएको छ।
हाल नाटक नियमित रूपमा हाउसफुल दर्शकका साथ मञ्चन भइरहेको छ। हरेक दिन दुईवटा तथा बिदाका दिन तीनदेखि चारवटासम्म शो सञ्चालन भइरहेका छन्। बिहान ९ बजेदेखि राति ८ बजेसम्म विभिन्न समयमा शो आयोजना गरिँदा पनि अधिकांश टिकट अग्रिम रूपमा बिक्री भइसकेका छन्।
कान्तिपुर थिएटरका अनुसार ‘सेतो धरती’ ले नेपाली रङ्गमञ्चमा दुर्लभ मानिने दर्शकीय आकर्षण हासिल गरेको छ। पछिल्लो समय नाटक अवलोकन गर्न आउने दर्शकहरूको संख्या यति उच्च रहेको छ कि कतिपय शोमा विशिष्ट अतिथिहरूलाई समेत नियमित सिट उपलब्ध गराउन कठिन भएको अवस्था सिर्जना भएको छ।
नाटक अवलोकन गर्न पूर्वराष्ट्रपति विद्या देवी भण्डारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानमन्त्रीपत्नी सबीना काफ्ले, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतम, पूर्वमन्त्रीहरू हिसिला यमी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भानुभक्त ढकाल, सांसदहरू गणेश कार्की र अनुष्का श्रेष्ठ लगायत साहित्य, कला, सञ्चार तथा राजनीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरू कान्तिपुर थिएटर पुगिसकेका छन्।
अधिकांश दर्शकहरूले नाटकको कथा, प्रस्तुति तथा कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्।कान्तिपुर फिल्म एकेडेमी अन्तर्गत सञ्चालित कान्तिपुर थिएटर, गैह्रीधारामा मञ्चन भइरहेको ‘सेतो धरती’ लेखक अमर न्यौपानेको चर्चित कृतिमा आधारित छ। नाटकको परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका हुन्।
नाटक श्रावण १६ गतेसम्म बुधबार बाहेक हरेक दिन साँझ ४ः१५ बजे र ७ः१५ बजे, तथा बिदाका दिन अतिरिक्त दिउँसो १ः१५ बजे मञ्चन हुनेछ। टिकट दर विद्यार्थीका लागि ३०० रुपैयाँ, सामान्य दर्शकका लागि ५०० रुपैयाँ र विशेष दर्शकका लागि १००० रुपैयाँ निर्धारण गरिएको छ।
शो समयतालिका तथा अनलाइन टिकट बुकिङ सम्बन्धी जानकारी कान्तिपुर थिएटरको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण