अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा, देशभरबाट १५ सय ७३ जना प्रतिनिधि सहभागी हुने
काठमाडौँ । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। करिब ७ वर्षपछि हुन लागेको महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुनेछ। महाधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। निःशुल्क शिक्षा, स्वास्थ र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार ! गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने मुल नाराको महाधिवेशन गर्न लागिएको हो।

महाधिवेशनबाट दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र ३ आयोग (अनुशासन ,लेखा र निर्वाचन) निर्वाचित गर्नेछ। महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुनिता बरालले सकेसम्म सहमतिको आधारमा चयन गरिने बताइन्। नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गरिने उनले बताइन्। निर्वाचन प्रकृयालाई व्यवस्थित, छिटो छरितो बनाउन विधुतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको उनको भनाई छ।
आफुहरूले घोषणा गरेको विषय नै स्ववियु निर्वाचनका लागि महाधिवेशन भन्ने रहेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण