बेलडाँगीको शरणार्थी शिविरमा रामकृष्णले गाए ‘बिहान उठ्ने वित्तिकै’
काठमाडौँ । गायक रामकृष्ण ढकालले पढ्न पाउनु बालबालिकाको अधिकार भएकाले सरकारले यसमा विशेष ध्यान पुर्याउनुपर्ने बताएका छन् । झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा रहेका बालबालिकाका लागि नक्षत्र फाउन्डेशनले बनाएको विद्यालयको एक कार्यक्रममा सांगीतिक मनोरञ्जन दिन पुगेका ढकालले आफ्नो लोकप्रिय गीतहरु ‘बिहान उठ्ने वित्तिकै, चरीले त छाडेर गैहाल्यो, जदौं माया जदौं’ लगायत गीत समेत गाएका थिए ।
कलाकार सुनिल थापा, अभिनेत्री पूजा शर्मा, गायिका एलिना चौहान, निर्देशक विधान कार्की, गायक कर्मा ग्याल्छोङ लामा, गायिका जमुना राई, गायक विकास लिम्बु लगायत सहभागी कार्यक्रममा गायिका एलिना चौहान, गायक कर्माले पनि गीत प्रस्तुत गरेका थिए । अमेरिकामा बस्दै आएका अर्जुन सुवेदीले विगत ३ वर्षदेखि ‘अर्ली चिल्ड्रिेन डेभलपमेन्ट सेन्टर’ मा पक्की भवन बनाएर १ कक्षासम्मको अध्ययनमा सहयोग गरिरहेका छन् । विद्यालयमा अध्यापन गराउने र अध्यापनमा सहयोग गरेका शिक्षक–शिक्षिकाहरुलाई सम्मान गरिएको कार्यक्रममा नक्षत्र फाउन्डेशनका प्रमुख सुवेदीले बालबालिकाहरु पढाईको अधिकारबाट बञ्चित नहुन् भन्ने उदेश्यले विद्यालय बनाएर पठन पाठन सुरु गरेको बताए ।
२ सयभन्दा बढी बालबालिकाले यो सेन्टरमा शिक्षा पाइरहेका छन् । यहाँ, केही शिक्षक–शिक्षिकाले थोरै पारिश्रमिकमा बालबालिकालाई अध्यापन गराएर सहयोग पनि गरिरहेका छन् । कार्यक्रमका प्रदेश नम्बर १ का कृषिमन्त्री भक्तिप्रसाद सिटौलाले सरकारले विद्यालय संचालनमा पूर्ण सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण