अनेरास्ववियुको केन्द्रीय कमिटीमा नयाँलाई अवसर दिइने
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन हुँदैछ । फागुन २–४ सम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन हुन लागेको हो । गत असोज १–२ सम्म विधान महाधिवेशन गरेको अनेरास्ववियुले राष्ट्रिय महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै १७ सदस्यीय पदाधिकारी र ३ वटा आयोगहरू (अनुशासन, लेखा र निर्वाचन) को नेतृत्व चयन गर्नेछ ।
अनेरास्ववियुले सकेसम्म सहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्ने प्रयत्न गर्नेछ । सहमतिको आधारमा नेतृत्व चयन हुन नसकेको खण्डमा निर्वाचन मार्फत नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ ।
करिब ७ वर्षपछि हुन लागेको यो महाधिवेशनबाट अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ केन्द्रीय कमिटीमा यो पटक नयाँलाई प्राथमिकता दिनेछ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले केन्द्रीय कमिटीमा अधिकतम नयाँ साथीहरूलाई निर्वाचित गराइने बताइन् । महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘केन्द्रीय कमिटीमा अधिकतम नयाँ साथीहरूलाई निर्वाचित गर्छौ । मापदण्ड पुरा गरेर आएका साथीहरूले त्यो अवसर पाउनेछन् ।’
केन्द्रीय कमिटीमा सबै जिल्लाबाट सहभागीता गराउने प्रयास गरिने उनको भनाई छ । केन्द्रीय कमिटीलाई समावेशी र उर्जावान बनाउने गरी अघि बढिने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण