करको दायरा विस्तार : प्यान कार्ड लिने करदाताको संख्या ३३ लाख ४५ हजार नाघ्यो
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा लक्षित राजस्व संकलन हुन नसकेपनि करको दायरा भने विस्तार भएको बताएको छ ।
आइतबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गरेको सरकारले करको दर होइन दायरा बिस्तार गर्ने दीर्घकालीन कर नीति अनुरुप समीक्षा अवधिमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताएको हो ।
२०७९ पुस मसान्तसम्मको तथ्याङ्कलाई हेर्दा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या १८ लाख ४० हजार ४ सय ५० पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ३३ लाख ४५ हजार ६ सय ४७ र कर कट्टी गर्ने निकायको लागि स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या २३ हजार ६ सय ६२ पुगेको जनाएको छ ।
यसमध्ये मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरूको सङ्ख्या ३ लाख ३ हजार ८ सय ६७ र अन्तःशुल्क इजाजत पत्र लिने करदाताको सङ्ख्या १ लाख १८ हजार ८ सय ९१ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण