रास्वपालाई सरकारमा ल्याउन दाहालमाथि ओलीको दबाब
काठमाडौँ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर दबाबमा पारेका छन् । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालविरुद्ध ओली सुरुदेखि नै हाबी हुँदै आएका छन् ।
अझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि ओलीले दाहालमाथि थप दबाब खडा गर्दै आएका छन् । नागरिकता विवादमा सर्वोच्चबाट फैसला आएपछि सबै पद गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा फिर्ता ल्याउन ओलीले निरन्तर दबाब दिँदै आएका हुन् । ओलीले आफ्नो नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रास्वपाको साथ पाएका छन् । आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा ओलीले रास्वपालाई पुनः सरकारमा सहभागी गराउन आग्रह गरे । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण