फिफ्टिन्स रग्बी लिग : गोर्खाली र आर्मी विजयी
काठमाडौँ । नेपाल रग्बी संघको आयोजनामा तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले रेफ्रीलाई रग्बी बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो । नेपाल रग्बी संघको अध्यक्ष दीपक देवकोटाको सभापतित्वमा उद्घाटन भएको राष्ट्रिय फिफ्टिन्स रग्बी लिगमा चार क्लबहरू आर्मी क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब सहभागी छन् ।
पहिलो चरणको खेलमा गोर्खाली रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबबीच खेल भएको थियो । श्रीराम श्रेष्ठ कप्तान रहेको गोर्खाली रग्बी क्लबले हिमालयनलाई ६७–१७ स्कोरले पराजित गर्यो ।
दोस्रो खेलमा आकाश भैरव र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो । सञ्जीव कुँवरको कप्तानी रहेको आर्मीले ७२–० स्कोरमा विजयी भयो ।
दोस्रो चरणको खेल फागुन ३ गते हुनेछ । त्यस दिन आर्मी र हिमालय तथा आकाश भैरव र गोर्खालीबीच खेल हुनेछ । अन्तिम दिन फागुन ६ गते हिमालयन र आकाश भैरव तथा आर्मी र गोर्खालीबीच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण