आधा घण्टामै सकियो नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक सकिएको छ ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौडेलबीचको बैठक सकिएको हो ।
होटल याक एन्ड यती होटलमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो ।
आधा घण्टासम्म चलेको छलफलमा के के विषयमा कुराकानी भयो भन्ने विषय अहिले सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयका सचिव पौडेलको निमन्त्रणमा विदेश सचिव क्वात्रा दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।
संयन्त्रको बैठकमा सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात लगायतका विषयमा छलफल गर्ने तय भएको थियो । ती विषयमा के कस्तो छलफल भयो भन्ने बाहिर आइसकेको छैन ।
संयन्त्रको बैठकपछि विदेश सचिव परराष्ट्र मन्त्रालयले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।
दुई परराष्ट्र सचिवको बैठकमा नेपाल–भारत सम्बन्धका कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहयोग, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनताबीचको सम्बन्धलगायतका विषयमा समीक्षा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण