आधा घण्टामै सकियो नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक
काठमाडौं । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक सकिएको छ ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौडेलबीचको बैठक सकिएको हो ।
होटल याक एन्ड यती होटलमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो ।
आधा घण्टासम्म चलेको छलफलमा के के विषयमा कुराकानी भयो भन्ने विषय अहिले सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयका सचिव पौडेलको निमन्त्रणमा विदेश सचिव क्वात्रा दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।
संयन्त्रको बैठकमा सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात लगायतका विषयमा छलफल गर्ने तय भएको थियो । ती विषयमा के कस्तो छलफल भयो भन्ने बाहिर आइसकेको छैन ।
संयन्त्रको बैठकपछि विदेश सचिव परराष्ट्र मन्त्रालयले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।
दुई परराष्ट्र सचिवको बैठकमा नेपाल–भारत सम्बन्धका कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहयोग, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनताबीचको सम्बन्धलगायतका विषयमा समीक्षा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण