समाचार
बालाजु क्षेत्रको आन्दोलन उग्र बन्दै, प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाए
सोमबार, ०१ फागुन २०७९, १७ : ३७
काठमाडौँ । राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडप उग्र बन्दै गएको हो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण