शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हतियार मुद्दाबाट छुटेपछि लागुऔषध कारोबार

मङ्गलबार, ०२ फागुन २०७९, २२ : ००
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका घर भएका लाक्पा शेर्पा हातहतियार मुद्दामा जेल परेका थिए । २०७० असार ७ मा शेर्पा हातहतियार मुद्दामा ३ बर्ष जेल बसेर छुटेका हुन् । ३५ वर्षीय शेर्पालाई अहिले लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।

माघ २४ मा सुन्धाराबाट शेर्पालाई लागु औषध सहित पक्राउ गरिएको ब्युरोका प्रमुख (एसएसपी) विकाश राज खनालले रातोपाटीलाई बताए । प्रहरीले लाक्पाको साथबाट बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २० हजार ३ सय एम्पुल बरामद गरेको छ । नाइट्राभेट १२ हजार ९५० ट्याब्लेट बरामद गरिएको छ ।

हातहतियार मुद्दाबाट छुटेपछि लाक्पाले काठमाडौँमा बसेर अवैध लागु औषध कारोबार गर्न थालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘लाक्पाले भारतबाट लागु औषध ल्याउने गरेको देखिन्छ’ एसएसपी खनाल भन्छन्–‘भारतीय नागरिकलाई लागु औषध खरिद बापत उनले १७ लाख भुक्तानी गरेको भेटिएको छ ।’

लाक्पा शेर्पालाई बिक्री गरेको लागु औषधको पैसा लिन आएका भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बिहारको मधुवनी जिल्ला घर भएका ३८ वर्षीय फैज महमदलाई प्रहरीले पक्राउ गरेको हो । फैजले पटनाबाट लाक्पालाई लागु औषध पठाउने गरेका थिए ।

फैजबाट मगाएको सामान लाक्पाले काठमाडौँमा बेच्ने गरेका थिए । ब्यूरोले लागु औषध कारोबारमा संलग्न ४ जना थाई नागरिक, २ भारतीय र ७ नेपाली सहित १३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप