सरकारले थप ५ प्रकारका औषधि उत्पादन गर्ने
मङ्गलबार, ०२ फागुन २०७९, १८ : ३४
काठमाडौं । सरकारले थप ५ प्रकारका औषधि उत्पादन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औजार उपकरणको व्यवस्था गरी थप ५ प्रकारका औषधि उत्पादन गर्ने जनाएको हो ।
मन्त्रालयले तयार पारेको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा थप ५ प्रकारका औषधि उत्पादन सुरु गर्ने उल्लेख गरिएको छ ।
नेपाल औषधि लिमिटेडबाट औषधिहरू उत्पादन गर्न पूर्वाधारसहितको औजार उपकरणको आवश्यक परिचालन गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने मन्त्रालयले जनाएको छ ।
औजार उपकरणको व्यवस्था यही फागुनको अन्त्यसम्म गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्ने समेत उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण