सरकारले थप ५ प्रकारका औषधि उत्पादन गर्ने
मङ्गलबार, ०२ फागुन २०७९, १८ : ३४

काठमाडौं । सरकारले थप ५ प्रकारका औषधि उत्पादन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औजार उपकरणको व्यवस्था गरी थप ५ प्रकारका औषधि उत्पादन गर्ने जनाएको हो ।
मन्त्रालयले तयार पारेको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा थप ५ प्रकारका औषधि उत्पादन सुरु गर्ने उल्लेख गरिएको छ ।
नेपाल औषधि लिमिटेडबाट औषधिहरू उत्पादन गर्न पूर्वाधारसहितको औजार उपकरणको आवश्यक परिचालन गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने मन्त्रालयले जनाएको छ ।
औजार उपकरणको व्यवस्था यही फागुनको अन्त्यसम्म गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्ने समेत उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते
-
सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?