शिक्षा र स्वास्थ्यमा माफिया र बिचौलियाको बिगबिगी भयो : सांसद भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले शिक्षा नीतिमा समस्या रहेको औँल्याएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षा नीतिमा सुधार गरेर व्यवहारिक र रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।
नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए । ‘हामीले बनाएको शिक्षा दुई थरीको छ, धनीले निजी स्कुल पढ्छ, गरिबले सरकारी स्कुल पढ्छ, धनी र गरिबले पढ्ने स्कुल फरक छ, पाउने शिक्षा फरक छ,’ सांसद भण्डारीले भने ।
विश्वमा यस्तो व्यवस्था अन्त कहाँ छ भन्दै सांसद भण्डारीले प्रश्न उठाए । उनले भने, ‘हामीले शिक्षा नीतिलाई व्यवहारिक र रोजगारमूलक किन नबनाउने ? पाठ्यक्रमलाई व्यवहारिक र हाम्रो स्रोत साधनसँग जोडेर किन लागू नगर्ने ?’ उनको प्रश्न छ, ‘धेरै पहिले बनाएको बुढानीलकण्ठ स्कुल, जहाँ गरिब र धनीको वर्ग विभाजन छैन । त्यो स्कुललाई हामीले किन देशभरि फैलाउन सकेनौँ,’ उनले प्रश्न गर्दै भने, ‘हामी जोसँग पैसा छ, उसैसँग लाग्यौँ । जो गरिब छ, उसका लागि राम्रो शिक्षा छैन, केही पनि छैन ।’
स्वास्थ्य क्षेत्रमा पनि उस्तै समस्या रहेको भन्दै सांसद भण्डारीले अहिले एउटा सांसदले पनि आफ्नो सबै सम्पत्ति बेचेर पनि उपचार पाउने अवस्था नरहेको बताए ।
‘स्वास्थ्य क्षेत्रमा पनि उस्तै अवस्था छ । हामी बिरामी भयौँ भने उपचार पाउन सक्ने अवस्था छैन । हामी सांसदहरूले नै पनि आफ्नो सबै सम्पत्ति बेच्दा पनि उपचार पाउने स्थिति छैन,’ सांसद भण्डारीले भने, ‘अनि गरिब जनताले कसरी उपचार पाउने ?’ उनले शिक्षा र स्वास्थ्यसँगै नागरिक सरोकारका सबै क्षेत्रमा माफिया र बिचौलियाहरूको बिगबिगी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण