शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दरीजलमाथि ससुराली जान टिकट काट्नुपर्ने अवस्था अन्त्य गरियोस् : सांसद चालिसे

बुधबार, ०३ फागुन २०७९, १२ : ५३
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ का सांसद सन्तोष चालिसेले सुन्दरीजलभन्दा माथि शिवपुरी आरक्षण क्षेत्रभित्र रहेका पाँचवटा गाउँमा जानका लागि टिकट काट्नुपर्ने व्यवस्था रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले शिवपुरी आरक्ष क्षेत्रभित्र जाने ठाउँको सुरुमै आर्मी चेकपोस्ट राखिएको लामो समय भएको र सो सुरक्षा चेकपोस्टमा पैसा उठाउँदै आएको कारणले आरक्षणभित्र रहेका पाँचवटा गाउँहरुमा आफ्नो मामाघर, ससुराली जानका लागि पैसा तिर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

उनले सो क्षेत्रमा धार्मिक स्थल सुन्दरीमाई, बागद्धवार जस्ता तीर्थस्थलमा जानका लागि पनि पैसा तिर्नुपर्ने बाध्यता रहेकोले चेकपोस्ट सुरक्षाका लागि कायम राख्दै तत्काल शुल्क लिने काम हटाउनका लागि ध्यानाकर्षण गराए । उनले त्यस क्षेत्रमा गर्न थालेको पर्यटन व्यवसाय पनि सुक्दै गएको बताउँदै चेकपोस्टमा चर्को शुल्क राखेका कारणले सो क्षेत्रका स्थानीयवासीको उठीबास लाग्न लागेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप