बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहबारे झगडा भयो : मोबाइलको तारले लिभ इन पार्टनर निक्कीकाे घाँटी बेह्रे, शव फ्रिजमा राखे

बुधबार, ०३ फागुन २०७९, १३ : २३
बुधबार, ०३ फागुन २०७९

दिल्लीमा निक्की यादवको हत्याको विषयमा विभिन्न खुलासा भइरहेका छन् । प्रहरी स्रोतका अनुसार विवाहको खबर पाए लगत्तै निक्की र साहिल गहलोतको कारमा झगडा भएको थियो । कुरा यतिसम्म बिग्रियो कि आक्रोशित साहिलले कस्मिरी गेटमा रहेको आईएसबीटी नजिकै मोबाइलको केबल (तार)ले निक्कीको घाँटीमा बेह्रे । त्यसपछि ३५ किलोमिटर टाढा रहेको मित्राँ गाउँ पुगे ।

साहिलले निक्कीको शव त्यहीँ आफ्नो ढाबाको फ्रिजमा लुकाइदिए । साहिलले निक्कीको शव फाल्नु अघि नै कसैले प्रहरीलाई यसबारे खबर गरिदियो । दिल्ली प्रहरीको अपराध शाखाले मङ्गलवार साहिललाई पक्राउ गर्‍यो । अदालतले  उनलाई ५ दिनको म्याद थप गरेको छ । त्यस्तै, निक्कीको पोस्टमार्टम बुधवार हुनेछ ।

बिहेको कुरामा झगडा भयो... त्यसपछि साहिलले फोन गरेर निक्कीलाई बोलाए 

अपराध शाखाका डीसीपी सतीश कुमारले साहिलको विवाह परिवारले अन्य नै निश्चित गरेको बताए । विवाह १० फेब्रुअरीमा विवाह हुँदै थियो । यसबारे निक्कीलाई ९ फेब्रुअरीमा थाहा भयो । यसै दिन यी दुईले गोवा जाने योजना बनाएका थिए । तर साहिल जान मानेनन् । त्यसपछि दुई बीच झगडा भयो । 

यसपछि साँझ साहिलले निक्कीलाई फोन गरे र दुवै जना कारमा घुम्न गए । दुवै आईएसबीटी कस्मिरी गेट नजिक पुगे । यहाँ फेरि उनीहरूबीच झगडा भयो र आक्रोशित साहिलले कारमै मोबाइलको केबलले निक्कीको घाँटीमा बाँधेर हत्या गरिदिए ।

हत्यापछि शवलाई ढाबामा लगेर फ्रिजमा लुकाए

प्रहरी स्रोतका अनुसार त्यसपछि साहिल निक्कीको शव लिएर दिल्लीको सडकमा घुमिरहे । त्यसपछि उनी नजफगढ हुँदै आफ्नो गाउँ मित्रान पुगे । आइएसबीटीदेखि यहाँको दूरी लगभग ३५ किमी छ । साहिलले आफ्नो ढाबाको फ्रिजमा शव लुकाए र घर गए । त्यसपछि घरपरिवारले भनेपछि उनले फेब्रुअरी १० मा अर्की युवतीसँग विवाह गरे ।

Capture...कसैले फोन गरेर प्रहरीलाई बताएपछि उनी पक्राउ परे

कसैले प्रहरीलाई खबर गरेपछि साहिल फस्छन् । प्रहरीले साहिलको ढाबाको फ्रिजबाट निक्कीको शव फेला पारे । साहिलको ढाबा गाउँको घरबाट ७०० मिटर टाढा छ । स्रोतका अनुसार उनी बिहेपछि शवलाई ठेगान लगाउने सोचमा थिए तर उनी त्यस अघि नै समातिए ।

निक्कीका बुवालाई पनि तीन दिनसम्म बहाना बनाइरहेका थिए साहिल

रिपोर्टका अनुसार निक्कीका बुबा सुनिलले शनिबारदेखि छोरीसँग कुरा नभएकोले छोरीको साथीलाई फोन गरेका थिए । निक्की बिन्दपुरको घरमा नभएको कुरा उनलाई थाहा हुन्छ । उनी पछिल्लो पटक साहिलसँग देखिएकी थिइन् । सुनिलले एक साथीबाट साहिलको नम्बर लिए ।

निक्कीका बुवाले ३ दिनसम्म साहिललाई फोन गरेर छोरीको बारेमा सोधिरहे । साहिल हरेक पटक बहाना बनाइरहे । अन्ततः उनले उनी छुट्टी मनाउन देहरादून–मसुरी गएको बताए । साहिलले आफू आफ्नो विवाहमा व्यस्त भएको पनि बताए । 

त्यसपछि सुनिलले साहिलका अभिभावकसँग कुरा गरे । साहिल बाहिर गएको उनीहरुले बताए । पछि उनले निक्कीको बारेमा केही थाहा नभएको बताए । सुनिलले यी सबै कुरा फोनमा रेकर्ड गरेका छन् ।

को हुन् निक्की यादव र साहिल गहलोत ?

२२ वर्षीया निक्की हरियाणाको झज्जर निवासी थिइन् । जबकि, २४ वर्षीय साहिल नजफगढको मित्रान गाउँका हुन् । दुवै दक्षिण दिल्लीको उत्तम नगरमा सन् २०१८ देखि लिभ इनमा बस्थे ।

दुवैको भेट कोचिङका बेला भएको थियो

निक्की–साहिलको भेट सन् २०१८ मा कोचिङमा भएको थियो । साहिल स्कुलपछि जनवरी २०१८ मा उत्तम नगरको करियर पोइन्ट कोचिङमा एसएससी परीक्षाको तयारी गर्न थाले । यति बेला निक्कीले उत्तम नगरकै आकाश इन्स्टिच्युटमा मेडिकलको प्रवेश परीक्षाको तयारी सुरु गरेकी थिइन् । यी दुई एउटै बसमा आऊ जाऊ गर्थे । यी दुईबीच सुरुमा दोस्ती भयो र पछि प्रेम भयो ।

साहिलले फेब्रुअरी २०१८ मा ग्रेटर नोएडाको गलगोटिया कलेजमा डी. फार्मामा भर्ना भए र निक्की पनि यसै कलेजमा बीए (इङ्लिस अनर्स) मा भर्ना भइन् । त्यसपछि यी दुई ग्रेटर नोएडामा भाडाको कोठामा सँगै बस्न थाले ।

– दैनिक भास्कर

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप