एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुपर प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपर प्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाएका हुन् ।
उनले ओलीले सुपर प्रधानमन्त्री ठानेर फुर्ती प्रस्तुत गरिरहेको भन्दै तत्कालीन ओली सरकारमा भएको संसद् विघटन कायरता भएको उल्लेख गरे । उनले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको बताए ।
सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रुपमा चित्रित गरे । उनले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप लगाए ।
सांसद पौडेलले संविधानको रक्षाका गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन काँग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण