बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘निफ’ को जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित

बुधबार, ०३ फागुन २०७९, १७ : २५
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । अगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ ले पूर्णता पाएको छ ।  पछिल्लो पटक फिचर फिल्म तर्फको जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएका छन् । मोनाहान खासगरी अभिनेता, लेखक र निर्माता हुन् । उनका कयौँ सृजनाहरू विश्वप्रसिद्ध छन् । यसरी जेफ मोनाहानको मनोनयनसँगै फिचर फिल्म तर्फको जुरी कमिटीले पूर्णता पाएको छ । यसअघि यस विधाको प्रमुखमा भारतीय फिल्मका प्रसिद्ध समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा चर्चित अभिनेत्री प्रियङ्का कार्की मनोनित भएका थिए । 

त्यसैगरी छोटा तथा वृत्तचित्र तर्फको जुरीमा प्रा.डा.इतामी बोर्जन मनोनित भएकी छन् । उनी प्रख्यात फिल्म विशेषज्ञ र शिक्षाविद् हुन् । क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा उनले धेरै वर्षदेखि एथनोग्राफिक, डकुमेन्ट्री, विश्व सिनेमाको इतिहास र सिद्धान्त पढाउँदै आएकी छन् । प्रा.डा.इतामी बोर्जनको मनोनयनसँगै छोटा तथा डकुमेन्ट्री फिल्म तर्फको जुरीले पनि पूर्णता पाएको छ । यसअघि यस विधाको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’ की डिन प्रालि रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित भएका छन् । 

यसवर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५  लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रदर्शन गरिनेछ । ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने ‘निफ’ मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान अध्यक्ष केपी पाठकले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप