विभिन्न जिल्लामा एकैदिन ९ जना मृत फेला
काठमाडौँ । बुधबार देशका विभिन्न जिल्लामा ९ जना मृत फेला परेका छन् । प्रहरीको दैनिक बुलेटिनका अनुसार मकवानपुर, जुम्ला, पर्सा, झापा लगायतका जिल्लामा ८ जना मृत फेला परेका हुन् । बुलेटिनका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ मा ६० वर्षीय एक पुरुष मृत फेला परेका छन् । स्थानीय सान्नानटारस्थित गोठमा ज्याला मजदुर गरी हिँड्ने एक पुरुष मृत फेला परेका हुन् । उनको नाम र वतन भने खुलेको छैन ।
त्यस्तै जुम्लाको सिँजा गाउँपालिका– ५ सनिगाउँ बस्ने ८० वर्षीय कार्मा रोकाया पनि मृत फेला परेका छन् । रोकाया आफ्नै घरबाट करिब ५० मिटर टाढा आफ्नै बारीमा बुधबार मृत फेला परेका हुन् । उता पर्साको पर्सागढी नगरपालिका–१ कोइलाभार बस्ने ६० वर्षीय लालबहादुर भुजेल पनि मृत फेला परेका छन् । उनी आफ्नो घरदेखि करिब ३ किलोमिटर टाढा जङ्गलमा मृत फेला परेका हुन् । स्याउला काट्न जङ्गल गएका उनी सोमबारदेखि वेपत्ता थिए ।
त्यसैगरी झापामा पनि २ वृद्धवृद्धा मृत फेला परेका छन् । जिल्लाको गौरादह नगरपालिका–९ मा पनि एक वृद्ध फेला छन् भने सोही नगरपालिका २ बस्ने अर्की एक वृद्धा पनि मृत फेला परेकी छन् । स्थानीय बैगुन्धुरास्थित बाङ्गे बजारमा कमल गाउँपालिका–१ बस्ने ६० वर्षीय सुनिराम हेमरम र वडा नम्बर २ बस्ने ८६ वर्षीय धनमाया ढकाल आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
यता भोजपुरको आमचोक गाउँपालिका–४ सुनरपुल बस्ने ४३ वर्षीय भद्रबहादुर बिक पनि मृत फेला परेका छन् भने चितवन रत्ननगर नगरपालिका एक युवक मृत फेला परेका छन् । रत्ननगरपालिका–७ बद्रेनीस्थित राप्ती नदीमा भरतपुर महानगरपालिका–११ बस्ने ३१ वर्षीय प्रसन्न न्यौपाने मृत अवस्थामा फेला परेका हुन् । बुलेटिनका अनुसार रामेछापको मन्थली नगरपालिका–१३ देविटारस्थित तामाकोसी नदीको किनारमा एक पुरुषको शव भेटिएको छ । शवबारे केही नखुलेको प्रहरीको भनाई छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् विभिन्न ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण