‘फ्लायर्स फिल्म अवार्ड’ २५ चैतमा हुने
काठमाडौँ । ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ अगामी चैत २५ गते विराटनगरमा आयोजना हुने भएको छ । ओजस फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा आयोजना गर्न लागेको अवार्डमा हिरो हिरोइन, निर्देशक, सङ्गीतकार, द्धन्द, कोरियोग्राफर, गायक गायिका लगायत २३ विधामा अवार्ड वितरण गरिनेछ ।
निकै पहिले घोषणा भए पनि पटक पटक मिति सर्दै आएको अवार्ड विराटनगरमा पुरै तामझाम सहित आयोजना हुने परिकल्पनाकार तथा निर्देशक साईरन राजबंशीले जानकारी गराए ।
अवार्डको २३ विधाकै नोमिनेशन केही अगाडि सार्वजनिक भएको थियो । आयोजकका अनुसार अनुसार प्रदेश १ मा रहेका डान्सरहरूले अवार्डमा प्रस्तुति दिन सक्नेछन् । अवार्डमा २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपाली फिल्मको सहभागिता छ । मोफसलमा समेत नेपाली फिल्मको विकास, बिस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो अवार्ड गर्न लागिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण