सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘फ्लायर्स फिल्म अवार्ड’ २५ चैतमा हुने

बिहीबार, ०४ फागुन २०७९, १० : ५३
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ अगामी चैत २५ गते विराटनगरमा आयोजना हुने भएको छ । ओजस फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा आयोजना गर्न लागेको अवार्डमा हिरो हिरोइन, निर्देशक, सङ्गीतकार, द्धन्द, कोरियोग्राफर, गायक गायिका लगायत २३ विधामा अवार्ड वितरण गरिनेछ ।

निकै पहिले घोषणा भए पनि पटक पटक मिति सर्दै आएको अवार्ड विराटनगरमा पुरै तामझाम सहित आयोजना हुने परिकल्पनाकार तथा निर्देशक साईरन राजबंशीले जानकारी गराए ।

अवार्डको २३ विधाकै नोमिनेशन केही अगाडि सार्वजनिक भएको थियो । आयोजकका अनुसार अनुसार प्रदेश १ मा रहेका डान्सरहरूले अवार्डमा प्रस्तुति दिन सक्नेछन् । अवार्डमा २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपाली फिल्मको सहभागिता छ । मोफसलमा समेत नेपाली फिल्मको विकास, बिस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो अवार्ड गर्न लागिएको आयोजकले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप