अखिलको निर्वाचन विद्युतीय मेसिनबाट हुने
बिहीबार, ०४ फागुन २०७९, ११ : २२
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन विद्युतीय मेसिनबाट हुने भएको छ । फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो । यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुने बताइएको छ ।
बिहान ८ बजेबाट मतदान शुरु गर्ने भनिएपनि सबै सदस्यहरु नआइसकेकाले अझै केही समय लाग्ने बताइएको छ । अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण