सेयर बजार २१.१५ अंकले घट्यो
बिहीबार, ०४ फागुन २०७९, १५ : ३२
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अङ्कले घटेर ३९६.४४ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको आज ५ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ।
यसैगरी अपी हाईड्रोपावरको ५ करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ । बिहिबारको कारोबारमा सबै उपसुचकहरुमा आरालो लागेको छ। यसैगरी सानिमा ठूलो क्याप कोषको सेयर कारोबार ७.६५ प्रतिशतले बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण