सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

बिहीबार, ०४ फागुन २०७९, १७ : ३२
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले  केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  सो पार्टीले फागुन ७ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।  

बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने सो बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास लगायतका विषयमा छलफल हुने सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप