बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, चैत ५ गते बिहान ८ बजेदेखि मतदान

बिहीबार, ०४ फागुन २०७९, २३ : १३
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलले चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्देशनालयले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको छ ।  जसमा फागुन १९ गते विद्यार्थी संगठन दर्ता समय तोकिएको छ । त्यस्तै फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोधको समय तोकिएको निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । 

यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ ।  त्यस्तै फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । 

चुनाव प्रचार–प्रसारका लागि फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्मको समय तोकिएको छ । त्यस्तै फागुन ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ । 

निर्वाचनमा १८ चैत २०५१ को जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार हुन पाउनेछन् । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने त्रिविले जनाएको छ ।  स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन गरिएसँगै क्याम्पसको वार्षिक प्रणाली अनुसार भइरहेको स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप