प्रदेश १ माओवादी केन्द्रको विस्तारित बैठक : नेताहरूको कार्यशैलीलाई लिएर चर्को आलोचना
विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिको विस्तारित बैठक विराटनगरमा जारी छ । बैठकमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको उपस्थिति छ । बैठक भोलीसम्म चल्ने प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले जानकारी दिए ।
विराटनगरको होटल मनास्लुमा बसेको बिहिबारको बैठकमा ३५ जना प्रदेश सदस्यले रिपोर्टिङ तथा समसामयिक विषयमा आफ्ना कुरा राखेका छन् । ६५ जनाले बैठकमा कुरा राख्न नाम टिपाएको अध्यक्ष नेम्वाङले जानकारी दिए ।
‘बैठकमा कुरा राख्नका लागि ६५ जना साथीहरुले नाम टिपाउनुभएको थियो । जसमध्ये आज ३५ जनाले कुरा राखिसक्नु भएको छ । बाँकी ३० जनाले भोलि कुरा राख्नुहुनेछ,’ उनले भने, ‘रिपोर्टिङ तथा कुरा राख्ने क्रम सकिएपछि उपमहासचिव जनार्दन शर्मासहितका नेताले प्रशिक्षण दिनुहुन्छ । त्यसपछि प्रदेशको समग्र कार्ययोजना बैठकमा पेस भएर बैठक सकिन्छ ।’ उपमहासचिव शर्माले दिनभरी कार्यकर्ताको रिपोर्टिङ सुनेका छन् ।
बैठकमा पार्टीले गरेको काम कारबाहीको समीक्षा, पार्टीको कमी कमजोरी तथा आलोचना र नेताको कार्यशैलीलाई लिएर तीब्र आलोचना भएको बैठकमा सहभागीले जनाएका छन् । ‘हाम्रो कार्यशैली बिग्रिएको, जनतामा जान नसकेको । सांगठनिक हिसावले तदर्थवादतिर गयो भनेर आलोचना बढी आएको छ । केन्द्रीय समिति थप गरेको विषयमा पनि चर्को आलोचना भएको छ,’ ती नेताले भने । माओवादी प्रदेश समिति ३ सय ३१ जनाको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण