फ्राइडे रिलिज : रामबाबुको फूलबारी हलमा
शुक्रबार, ०५ फागुन २०७९, ०९ : २५
काठमाडौँ । रामबाबु गुरुङद्वारा निर्देशित फूलबारी आजबाट सिनेमा हलमा लागेको छ ।
दयाहाङ राई, बिपिन कार्की प्रियंका कार्कीलगायतको अभिनय रहेका सिनेमालाई कबड्डी सिक्वेलका गुरुङले निर्देशन गरेका हुन । नेपाल सामाजिक चलचित्र भनिएको फूलबारीलाई उपेन्द्र सुब्बाले लेखेका हुन् ।
चलचित्रको बिहीबार साँझ कमल पोखरीस्थित बिग मुभिजमा प्रिमिएर गरिएको थियो । प्रिमिएरमा अभिनेत्री नीशा अधिकारी, कलाकार निर्मल शर्मा गैडा, निर्देशक डा कपिल रिजाल, निर्माता वितरक गोविन्द शाही फिल्मका कलाकार दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्केलगायतका कलाकार र रंगपत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमिएरमा सहभागी कलाकारले फिल्मको विषयमा मिश्रित प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण