न्युजिल्याण्डमा चक्रवातका कारण ८ जनाको मृत्यु
न्युजील्यान्ड । न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा तीन हजार ५०० भन्दा बढी बेपत्ता भएका छन् सन् २०११ को फेब्रुअरीमा क्राइस्टचर्चमा गएको भूकम्पपछि न्युजिल्यान्डमा अहिलेसम्म नदेखिएको उक्त प्रतिकूल प्राकृतिक घटनाका कारण करिब १० हजार मानिस विस्थापित भएको अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री क्रिस हिपकिन्सले शुक्रबार हक्स बेमा सञ्चारकर्मीसँग भने, “यो हाम्रो देशमा यो शताब्दीमा देखिएको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हो । आँधीका कारण धेरै नागरिकले ज्यान गुमाएको हुनसक्ने बताइएको छ ।”
प्रहरीका अनुसार दुई वर्षीया बालिका बिहीबार बाढीमा फसेको अनुमान गरिएको छ । अकल्याण्डको मुरीवाईमा बिहीबार गएको पहिरोमा परेर एक स्वयंसेवक अग्निनियन्त्रकको शव पनि फेला परेको थियो ।
न्युजिल्यान्डका अन्य भागबाट ७० जनाभन्दा बढी कर्मचारीलाई हक्स बे र तायराविटीमा पुनः खटाइएको प्रहरीले जनाएको छ । “दूरसञ्चार सेवा हरू अनलाइनमा आउन थालेपछि हराएका व्यक्तिहरू, फेला परेका व्यक्तिहरू, सम्पत्तिको क्षति, खाद्यान्न, पानी र इन्धन जस्ता आधारभूत स्रोतहरूको मागको सङ्ख्यामा वृद्धि हुने प्रहरीको अनुमान छ,” प्रहरीले जनाएको छ ।
न्युजिल्यान्डले सोमबार देशको इतिहासमा तेस्रो पटक आपतकालीन अवस्थाको घोषणा गरेको छ । उत्तरी टापुमा व्यापक रूपमा विद्युत कटौती, उडान रद्द र विद्यालय हरू बन्द गरिएको छ । अकल्याण्ड र आसपासको क्षेत्र वाइकाटोमा भारी वर्षा र बाढीका कारण डुबानमा परेको दुई सातापछि मात्र यो घटना भएको हो । दुई साताअघि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा भएको यस विपत्तिमा परी चार जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण