अनेरास्ववियुको सचिवमा पहिलो पटक चिकित्सक निर्वाचित
काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिवमा पहिलो पटक चिकित्सक निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनबाट केन्द्रीय सचिवमा पहिलो पटक मेडिकल डाक्टर सुजन कडरिया निर्वाचित भएका हुन् ।
सचिवका लागि प्रतिस्पर्धामा रहेका ४८ जनामध्ये सर्वाधिक मत ल्याएर उनी सचिवमा निर्वाचित भएका हुन् । रामेछापका स्थायी बासिन्दा डा। कडरियाले काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स (केयूएसएमएस) बाट डाक्टरी डिग्री प्राप्त गरेका छन् ।
क्याम्पसकालबाटै विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी लामो समयदेखि अनेरास्ववियुमा आबद्ध छन् । विद्यार्थीका हकहितका लागि आवाज उठाउँदै आएका उनले आफूले अनेरास्ववियुमा थप जिम्मेवारी सुम्पिदिएको बताए ।
पढेलेखेका मानिसहरु आफ्नो पेशामै व्यस्त हुने र राजनीति गर्नेले काम गर्न सकेनन् भनेर विरोध गरिरहने परिपार्टीबारे उनी जानकार छन् । जसले गर्दा उनी त्यो परिवर्तन गरेर आफैं परिवर्तनको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताबाट अगाडि बढेका छन् ।
अबको यात्रामा देश र सिंगो स्वास्थ्य क्षेत्रको सुधारका लागि लाग्ने उनको प्रतिबद्धता छ । त्यस्तै अनेरास्ववियुको केन्द्रीय कमिटीमा डा। राजन ज्ञवाली, डा. असिम घिमिरे, आकृति ढकाल र स्थायी कमिटीमा अनित सिन्हा निर्वाचन भएका छन् ।
उनीहरु चिकित्सा क्षेत्रबाट निर्वाचन भएसँगै यो क्षेत्रमा देखिएका तमाम समस्यामा आवाज उठाउनेमा आफूहरू विश्वस्त रहेको राष्ट्रिय चिकित्सा विद्यार्थी संघका अध्यक्ष पुष्पराज भामले बताए ।
उनीहरु निर्वाचित भएपछि चिकित्सकहरु पनि आफ्नो पेशासँगै राजनीति पनि गर्न सक्छन भन्ने सन्देश दिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण