भारतीय सेना पूर्व प्रमुखहरूले छाउनीको वीर स्मारक अवलोकन गर्ने
काठमाडौँ । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन आएका भारतीय सेनाका चार पूर्व प्रमुखले आज छाउनीस्थित वीर स्मारक जाने भएका छन् । हिजो काठमाडौँ आएका भारतीय सेनाका प्रमुखहरू विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहागले छाउनीस्थित वीर स्मारक अवलोकन गर्नेछन् ।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार वीर स्मारक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरूले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरू सहभागी हुने कार्यक्रम तय भएको छ ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरूको सहभागिता रहने प्रवक्ता भण्डारीले जानकारी दिए । पूर्वप्रमुख मनोज मुकुन्द नरवाने भने शनिबार मात्र नेपाल आउने छन् ।
२६० औँ सेना दिवसको अवसर पारेर नेपाली सेनाले भारतीय सेनाका पूर्व अध्यक्षहरूलाई नेपाल निमन्त्रणा गरेको हो । हरेक शिवरात्रिमा नेपाली सेनाले सेना दिवस मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण