सेना दिवसमा सहभागी हुन भारतीय सेनाध्यक्ष नेपाल आएनन्
काठमाडौँ । नेपाली सेनाको २६० औँ वार्षिकोत्सवमा सहभागी हुन आउने भनिएका भारतीय सेना प्रमुख मनोज पाण्डे नआउने भएका छन् । शनिबार नेपाली सेनाले स्थापना दिवस मनाउँदै छ ।
सैनिक दिवसको अवसरमा भारतीय सेनाध्यक्ष मनोज पाण्डेसहित १२ जना लाई निमन्त्रणा गरिएको नेपाली सेनाका प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए । उनले भने–‘भारतीय सेनाध्यक्ष नआउने हुनुभएको छ ।’
नेपाली सेनाको मानार्थ महारथीको पदवि पाएका भारतका ११ जना पूर्व सेना प्रमुखहरूलाई सेनाले निम्ता पठाइएको थियो । तर, तीमध्ये ४ जना पूर्वप्रमुख मात्रै काठमाडौँ आएका छन् ।
भारतीय पूर्व सेनाध्यक्षहरू विश्वनाथ शर्मा, जोगिन्द्र जसवान्त सिंह, दीपक कपुर र दलवीर सिंह सुहाग काठमाडौँ आएका हुन् । पूर्व सैनिक प्रमुखहरू सेना दिवसको अवसरमा आयोजना हुने ‘चिफ्स कन्क्लेभ’ मा सहभागी हुनेछन् ।
भारतका पूर्व सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शनिवार बिहान आउने भनिए पनि समाचार तयार गर्दासम्म उनी आइपुगेका छैनन् । सैनिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्चमा भव्य समारोह आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण