बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सेना दिवसमा सहभागी हुन भारतीय सेनाध्यक्ष नेपाल आएनन्

भारतीय सेनाका ४ पूर्व प्रमुख काठमाडौँमा
शनिबार, ०६ फागुन २०७९, ०८ : ४०
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । नेपाली सेनाको २६० औँ वार्षिकोत्सवमा सहभागी हुन आउने भनिएका भारतीय सेना प्रमुख मनोज पाण्डे नआउने भएका छन् । शनिबार नेपाली सेनाले स्थापना दिवस मनाउँदै छ ।

सैनिक दिवसको अवसरमा भारतीय सेनाध्यक्ष मनोज पाण्डेसहित १२ जना लाई निमन्त्रणा गरिएको नेपाली सेनाका प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए । उनले भने–‘भारतीय सेनाध्यक्ष नआउने हुनुभएको छ ।’

नेपाली सेनाको मानार्थ महारथीको पदवि पाएका भारतका ११ जना पूर्व सेना प्रमुखहरूलाई सेनाले निम्ता पठाइएको थियो । तर, तीमध्ये ४ जना पूर्वप्रमुख मात्रै काठमाडौँ आएका छन् ।

भारतीय पूर्व सेनाध्यक्षहरू विश्वनाथ शर्मा, जोगिन्द्र जसवान्त सिंह, दीपक कपुर र दलवीर सिंह सुहाग काठमाडौँ आएका हुन् । पूर्व सैनिक प्रमुखहरू सेना दिवसको अवसरमा आयोजना हुने ‘चिफ्स कन्क्लेभ’ मा सहभागी हुनेछन् ।

भारतका पूर्व सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शनिवार बिहान आउने भनिए पनि समाचार तयार गर्दासम्म उनी आइपुगेका छैनन् । सैनिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्चमा भव्य समारोह आयोजना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप