बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सेतो जिब्रो अर्थात सङ्क्रमण र गम्भीर रोगको सङ्केत

शनिबार, ०६ फागुन २०७९, ०८ : ४८
शनिबार, ०६ फागुन २०७९

तपाईँको जिब्रोले स्वादको बारेमा मात्र होइन रोगका लक्षणहरू पनि बताउँछ । तपाईँले याद गर्नु भएको होला जब डाक्टरहरू स्वास्थ्य जाँच गर्छन्, उनीहरूले सबैभन्दा पहिले तपाईंको जिब्रो हेर्छन् । डाक्टरहरूले जिब्रोको रङ्ग हेरेर तपाईंको अवस्था बुझ्न खोजिरहेका हुन्छन् । कहिलेकाहीँ जिब्रोको रङ्ग बदल्नु कुनै गम्भीर रोग वा प्रारम्भिक क्यान्सरको सङ्केत हुन सक्छ ।

भारतकी डा. अर्चना गुप्ताका अनुसार जिब्रो सेतो हुनु भनेको शरीरमा पानीको कमी हुनु हो । यो मौखिक स्वास्थ्य समस्याहरू र सिफिलिस जस्ता रोगहरूको प्रारम्भिक सङ्केतहरू पनि हुन सक्छन् । यो किन हुन्छ र यसको उपचार कसरी गर्न सकिन्छ भनेर डा. अर्चनाले जानकारी दिएकी छिन् ।

जिब्रो किन सेतो देखिन थाल्छ ?

जिब्रो सेतो भएकाले मुखबाट दुर्गन्ध आउन थाल्छ । यस्तै, प्रत्येक व्यक्तिको जिब्रो सेतो हुनुको विभिन्न कारणहरू हुन सक्छन् । यसको सबैभन्दा ठुलो कारण जिब्रोको सङ्क्रमण हो । यद्यपि, सेतो जिब्रो हुनुको सामान्य अर्थ व्यक्तिको प्रतिरोधात्मक क्षमता कमजोर भएको हो ।

कमजोर प्रतिरोधात्मक क्षमताका कारण जिब्रोमा ब्याक्टेरियाको प्रभाव बढ्छ र जिब्रोमा सेतो तह जम्न थाल्छ । अर्कोतर्फ क्यान्सर, अल्सर जस्ता रोगबाट पीडित भए पनि जिब्रो सेतो हुन सक्छ । अर्कोतर्फ डिहाइड्रेसन, मुख सुख्खा हुने, धेरै मदिरा सेवन गर्ने, मुखबाट सास फेर्दा पनि जिब्रो सेतो हुन थाल्छ ।

जिब्रो सेतो छ भने स्वस्थ आहार लिनुहोस्

यदि तपाईँको जिब्रो सेतो हुने समस्या छ भने दैनिक भिटामिन र पोषक तत्त्व भएको खानेकुरा खानुहोस् । खानामा हरियो सागसब्जी, फलफूल समावेश गर्नुहोस् र मिठाई नखानुहोस् । यसबाहेक, आवश्यक परे डाक्टरसँग परामर्श लिनुहोस् र डाक्टरकै निरीक्षणमा केही आवश्यक सप्लिमेन्ट लिनुहोस् । तनावबाट मुक्त हुनुहोस् । मुख सुख्खा नहोस् भनेर आफूलाई सकेसम्म हाइड्रेटेड राख्नुहोस् ।

फ्लोराइड टुथपेस्ट प्रयोग गर्नुहोस्

जिब्रो सेतो छ भने फ्लोराइड टुथपेस्ट प्रयोग गर्नुहोस् र फ्लोराइडयुक्त पानी मात्र पिउनुहोस् । दिनमा दुई पटक दाँत माझ्नुहोस् र दैनिक दाँत फ्लस गर्नुहोस् अर्थात पातलो सिन्थेटिक धागोले दाँतको बीचमा अड्किएको फोहोर, खानालाई सफा गर्नुहोस् । यसबाहेक वर्षमा कम्तीमा एक पटक दन्त चिकित्सकलाई भेट्नुहोस् ।

सेतो जिब्रोबाट छुटकारा पाउनुहोस् घरेलु उपचार

केही घरेलु उपाय अपनाएर पनि सेतो जिब्रोको समस्याबाट छुटकारा पाउन सकिन्छ–

– मनतातो पानीमा एक चिम्टी नुन मिसाउनुहोस् । केही बेर मुखमा राख्नुहोस्, त्यसपछि कुल्ला गर्नुहोस् । यो प्रक्रियाले मुखको ब्याक्टेरिया हटाउँछ ।

– जिब्रो सफा गर्न टङ क्लिनर प्रयोग गर्नुहोस् । यसले जिब्रोलाई पछाडिबाट अगाडितर्फ सफा गर्नुहोस् र मुख धुनुहोस् ।

– तपाईंको मुखमा स्वस्थ ब्याक्टेरिया निर्माण गर्न मद्दत गर्न दही जस्ता प्रोबायोटिक खानाहरू खानुहोस् । यसले जिब्रोमा सेतो पदार्थ जम्मा हुनबाट रोक्छ ।

– नरिवलको तेलले कुल्ला गर्नुहोस् । तेलले प्राकृतिक क्लिन्जरको रूपमा काम गर्छ र मुखबाट ब्याक्टेरिया हटाउँछ ।

–बेकिंग सोडामा थोरै पानी हालेर पेस्ट तयार गर्नुहोस् । यसलाई ब्रसमा लगाएर बिस्तारै जिब्रो सफा गर्नुहोस् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप