शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनामा १७ वटा एम्बुलेन्स आयात

शनिबार, ०६ फागुन २०७९, १२ : ३९
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९-८० को ६ महिनामा १७ वटा एम्बुलेन्स र शव वाहन भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा उक्त एम्बुलेन्स र शववाहन भित्रिएका हुन् ।

यी एम्बुलेन्स र शव वाहन आयात गर्दा २ करोड २९ करोड ८४ लाख रुपैयाँ बाहिरिएको छ । नेपाल भित्रिएका सबै एम्बुलेन्स र शव वाहन भारतबाट आयात भएको तथ्यांक देखिन्छ ।

यस्तै, गत आर्थिक वर्ष २०७८-७९ को ६ महिनाको अवधिमा विदेशबाट ७ वटा एम्बुलेन्स र शव वाहन भित्रिएका थिए । यी एम्बुलेन्स र शव वाहन आयात गर्दा १ करोड ५५ लाख ४७ हजार रुपैयाँ बाहिरिएको थियो । गत वर्ष पनि सबै एम्बुलेन्स र शव वाहन भारतबाटै भित्रिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप