६ महिनामा १७ वटा एम्बुलेन्स आयात
शनिबार, ०६ फागुन २०७९, १२ : ३९
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९-८० को ६ महिनामा १७ वटा एम्बुलेन्स र शव वाहन भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा उक्त एम्बुलेन्स र शववाहन भित्रिएका हुन् ।
यी एम्बुलेन्स र शव वाहन आयात गर्दा २ करोड २९ करोड ८४ लाख रुपैयाँ बाहिरिएको छ । नेपाल भित्रिएका सबै एम्बुलेन्स र शव वाहन भारतबाट आयात भएको तथ्यांक देखिन्छ ।
यस्तै, गत आर्थिक वर्ष २०७८-७९ को ६ महिनाको अवधिमा विदेशबाट ७ वटा एम्बुलेन्स र शव वाहन भित्रिएका थिए । यी एम्बुलेन्स र शव वाहन आयात गर्दा १ करोड ५५ लाख ४७ हजार रुपैयाँ बाहिरिएको थियो । गत वर्ष पनि सबै एम्बुलेन्स र शव वाहन भारतबाटै भित्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण