शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सीमित बायर्न स्तब्ध

आइतबार, ०७ फागुन २०७९, ०७ : ४३
आइतबार, ०७ फागुन २०७९

बर्लिन । १० खेलाडीमा सीमित बनेको साबिक विजेता बायर्न म्युनिख बोरुसिया मोचेनग्लाडबाचसँग पराजित भएको छ । खेलको सुरुवातमा नै डिफेन्डर डायोट उपामेकानोले रातो कार्ड पाएपछि बायर्न २–३ गोलले पराजित भयो ।

बायर्न १० खेलाडीमा सीमित भएलगत्तै लार्स स्टिन्डलले ग्लाडबाचलाई अग्रता दिलाए । एरिक म्याक्सिम चुपो मोटिङल पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरे पनि जोनास हफम्यान र मार्कस थुरामले ग्लाडब्याचको अग्रता फराकिलो बनाए । माथेस टेलले खेलको अन्त्यतिर बायर्नका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

लगातार ११ औँ बुन्डेस लिगाको उपाधि जित्ने होडमा रहेको बायर्नले ग्लाडबाचविरुद्ध पछिल्ला ५ खेलमा हार बेहोरेको छ । हारपछि युनियन बर्लिन र बोरुसिया डर्टमण्डलाई बायर्नलाई उछिन्ने अवसर मिलेको छ ।

२१ खेलबाट बायर्न ४३ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ । एक खेल कम खेलेको बर्लिन ४२ र डर्टमण्ड ४० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप