फ्रान्सेली राष्ट्रपतिले भने – रुसलाई हराउनुहोस् तर पूर्ण रूपमा नष्ट नगर्नुहोस्...
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले युक्रेन पूर्ण रूपमा ध्वस्त हुन नहुने धारणा व्यक्त गरेका छन् । म्युनिख सिक्योरिटी कन्फरेन्समा म्याक्रोनले युक्रेनसँग चलिरहेको युद्धमा रुसलाई हराउनुपर्ने तर रुस ‘पूर्ण रूपमा नष्ट’ हुन नहुने भन्दै चेतावनी दिएका छन् ।
फ्रान्सेली सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यो युद्ध सैन्य कारबाहीबाट समाधान नहुनेमा आफू विश्वस्त रहेको बताए । जर्मनीमा भइरहेको म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुन जी–७ देशका शीर्ष नेता तथा विदेश मन्त्री आइपुगेका छन् ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो सरकार युक्रेनलाई दीर्घकालीन सहयोग गर्न तयार रहेको बताएकी छिन् । बेलायती राष्ट्रपति ऋषि सुनकले रुसलाई बुचा, इरपुन, मारियोपोल र अन्य ठाउँमा भएका युद्ध अपराधका लागि जवाफदेही बनाउनुपर्ने र युक्रेनको पुनर्निर्माणमा लगानी गर्न दबाब दिनुपर्ने बताए ।
यस्तै, पश्चिमी देशहरूको सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भने, ‘यदि पुटिनले यो लडाई जित्छन् भने, यसले उनी र विश्वका अन्य तानाशाह नेताहरूलाई बल प्रयोग गरेर जे पनि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिनेछ ।’
उनले भने, ‘रुसलाई यस्तो युरोप चाहिन्छ जसले आफ्ना छिमेकीमाथि नियन्त्रण गर्न सकोस् ।’
चीनलाई औँल्याउँदै उनले भने, ‘रुसले जित्छ कि हार्छ भन्नेमा पनि चीनको नजर छ । आज युरोपमा जे भइरहेको छ, भोलि एसियामा पनि हुन सक्छ ।’
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमी देशहरूको समर्थनका लागि धन्यवाद दिँदै रुसको आक्रामकता अन्त्य गर्नको लागि उनीहरूको सहयोग महत्त्वपूर्ण हुने बताएका छन् ।
उनले भने, ‘विश्वका धेरै देशका नेताहरूले हामीलाई समर्थन गरेका छन् र हाम्रो सेनालाई हतियार दिएर बलियो बनाउने सङ्केत गरेका छन् । हामीले जतिसक्दो चाँडो रुसलाई हराउनका लागि सबै कुरा गर्नुपर्दछ । विश्वले रुसमाथि दबाब बनाउनुपर्छ ताकि तर्साउने नयाँ तरिका खोज्ने समय उसले नपाओस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण