रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप
म्युनिख । रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिइन् ।
उपराष्ट्रपति ह्यारिसले अन्तर्राष्ट्रिय कानुन कमजोर भएमा अन्य अधिनायकवादी सरकारहरूले फाइदा उठाउने जोखिम बढ्छ भन्दै अन्तर्राष्ट्रिय समुदायले त्यस्ता अपराधविरुद्ध कारबाही हुनुपर्ने आवश्यकता औँल्याएका बताइन । रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उनले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरिन् ।
वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने बताएको थियो । रुसले युक्रेनमा मानवताविरुद्धको अपराध व्यवस्थित रूपमा गरिरहेका दृष्टान्त प्रस्तुत गर्दै उपराष्ट्रपति ह्यारिसले रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौँ मानिसलाई जबरजस्ती निर्वासित गरेका बताइएन् । उनले बालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण