बुस्टर डोज खोप लगाउनेको संख्या ७९ लाख ७२ हजार नाघ्यो
आइतबार, ०७ फागुन २०७९, १७ : १४
काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउनको संख्या ७९ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७९ लाख ७२ हजार ७९१ जनाले बुस्टर डोज खोप लगाएका हुन् ।
कोभ्याक्स सुविधा अन्तर्गत सरकारले ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा फागुन १ गते प्राप्त गरेको छ ।
यस्तै, ३ फागुनमा नै नेपाल सरकारका लागि जर्मन सरकारले १५ लाख मात्रा कोरोनाविरुद्धको फाइजर खोप उपलब्ध गराएपछि बुस्टर डोज लगाउने दर बढ्दै गएको हो । सरकारले लामो समयदेखि बुस्टर डोज खोप लगाउन आग्रह गरेपनि देशका सबै खोप भण्डारण केन्द्रमा भेरोसेल खोपबाहेक बुस्टर डोजका रुपमा अन्य खोप उपलब्ध थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण