‘जनकपुर साहित्य महोत्सव’ को चौथौ संस्करण फागुन ११ गतेदेखि सुरु हुने
जनकपुरधाम । ‘जनकपुर साहित्य महोत्सव’ को चौथौँ संस्करण यही फागुन ११ गतेबाट सुरु हुने भएको छ । नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको संयुक्त आयोजनामा हुन लागेको जनकपुर साहित्य महोत्सव १३ फागुनसम्म आयोजन हुनेछ ।
३ दिवसीय महोत्सवमा साहित्य, सङ्गित, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुनेछ । जसमा ‘समावेशितातर्फ ‘परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’ र घेघ बनल घोघ’ विषयमा बहस हुने छ ।
त्यस्तै युवातर्फ ‘संस्कार र परिष्कार’, ‘सहिद दिलीप महतोके मोन पारति’, ‘सञ्जालको बवाल’, राजनीति तर्फ अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाइ’, ‘हामीले गुमाएको खेलकुद’ लगायत विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढी सत्रहरू रहने छन् ।
जनकपुरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवबारे जानकारी गराएको हो । महोत्सवको उद्घाटन फागुन ११ गते दिउँसो २ः३० बजेदेखि जानकी मन्दिर परिसरमा हुनेछ ।
महोत्सवको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र विशेष अतिथि मधेश् प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गर्नेछन् । यस पटक जनकपुर साहित्य महोत्सवमा भारतकी लोक गायिका मैथिली ठाकुरलाई पनि आमन्त्रण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट