‘जनकपुर साहित्य महोत्सव’ को चौथौ संस्करण फागुन ११ गतेदेखि सुरु हुने
जनकपुरधाम । ‘जनकपुर साहित्य महोत्सव’ को चौथौँ संस्करण यही फागुन ११ गतेबाट सुरु हुने भएको छ । नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको संयुक्त आयोजनामा हुन लागेको जनकपुर साहित्य महोत्सव १३ फागुनसम्म आयोजन हुनेछ ।
३ दिवसीय महोत्सवमा साहित्य, सङ्गित, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुनेछ । जसमा ‘समावेशितातर्फ ‘परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’ र घेघ बनल घोघ’ विषयमा बहस हुने छ ।
त्यस्तै युवातर्फ ‘संस्कार र परिष्कार’, ‘सहिद दिलीप महतोके मोन पारति’, ‘सञ्जालको बवाल’, राजनीति तर्फ अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाइ’, ‘हामीले गुमाएको खेलकुद’ लगायत विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढी सत्रहरू रहने छन् ।
जनकपुरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवबारे जानकारी गराएको हो । महोत्सवको उद्घाटन फागुन ११ गते दिउँसो २ः३० बजेदेखि जानकी मन्दिर परिसरमा हुनेछ ।
महोत्सवको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र विशेष अतिथि मधेश् प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गर्नेछन् । यस पटक जनकपुर साहित्य महोत्सवमा भारतकी लोक गायिका मैथिली ठाकुरलाई पनि आमन्त्रण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण