शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
दक्षिणा लिएर बिदा भए शिवरात्रिमा आएका साधुसन्त (फोटोफिचर)
फोटोफिचर

दक्षिणा लिएर बिदा भए शिवरात्रिमा आएका साधुसन्त (फोटोफिचर)

सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा आएका साधुसन्तको बिदाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार साधुसन्तहरुलाई बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको हो । 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि सुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको बताए । 

शिवरात्रिका बेला उनीहरुले भक्तजनबाट प्रशस्त दक्षिणा पनि पाएको भन्दै उनले यो भने आफूहरूले कोषको तर्फबाट दक्षिणास्वरुप दिने प्रचलनअनुसार दिइएको बताए । उनले सबैलाई एउटा रुद्राक्षको माला पनि दान दिइएको बताए । 

यसैबीच दक्षिणा कम दिइएको भन्दै केही साधु सन्तले असन्तुष्टि समेत पोखेका थिए । फागुन ६ गते परेको महाशिवरात्रिमा नेपाल र भारतबाट साधुसन्त आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया